गौरमा लागू पदार्थ तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न


रौतहट श्रीकान्त यादव । गौर नगरपालिका–१ स्थित मदरसा इस्लामिया गौरमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा हेडक्वार्टर रौतहटको आयोजनामा समुदायमा आधारित लागू पदार्थ तथा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टले बालबालिकालाई लागू पदार्थको दुरुपयोगबाट हुने असर, त्यसबाट बच्ने उपाय तथा विपद्का समयमा अपनाउनुपर्ने सावधानी र उद्धारसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणबाट मदरसामा अध्ययनरत बालबालिकाले महत्वपूर्ण जानकारी तथा व्यवहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रममा स्थानीय भद्रभलादमी, सञ्चारकर्मी, मुस्लिम समुदायका अगुवा तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बालबालिका तथा समुदायलाई लागू पदार्थको जोखिमबाट जोगाउन र विपद् व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै सामाजिक विकृति न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here