प्रधानमन्त्री शाह भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।  प्रधानमन्त्री शाहले सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ । 

The current image has no alternative text. The file name is: balen-1.jpg

त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए । गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। 

frontline

उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए । तर, पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक ९एडीबी०का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here