मुख्यमन्त्री गुरुङले पाउन सकेनन् विश्वासको मत

फ्रन्टलाइन राजनीति । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

frontline

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गरे । उनले एक मतका बारे केही प्रष्ट पारेनन् ।

पक्षमा परेको उक्त मत बहुमत नभएकाले मुख्यमन्त्री गुरुङको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले बताए ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत आवश्यक रहेकोमा मुख्यमन्त्री गुरुङका पक्षमा ४ मत पुगेन ।

प्रतिक्रिया दिनुहोस्

poster-here