बागचौर नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन, ७७ करोडभन्दा बढीको बजेट प्रस्तुत
बागचौर नगरपालिकाको १६औँ नगरसभा अधिवेशनमा नगर प्रमुख जनकराज गौतमले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो। नगर प्रमुख गौतमद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच व्यापक छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएको छ।
नगर प्रमुख गौतमले आर्थिक वर्ष २०८३/८४ का लागि चालु तर्फ रु. ५३,९८,९२,३०० (त्रिपन्न करोड अन्ठान्नब्बे लाख बयानब्बे हजार तीन सय रुपैयाँ) र पुँजीगत तर्फ रु. २३,२४,८३,०३० ( तेइस करोड चौबीस लाख त्रियासी हजार तीस रुपैयाँ) गरी जम्मा रु. ७७,२३,७५,३३० ( सतहत्तर करोड तेइस लाख पचहत्तर हजार तीन सय तीस रुपैयाँ) बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गतका योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विस्तृत विवरण नगरसभाको आगामी बैठकमा नगर उप-प्रमुखद्वारा प्रस्तुत गरिनेछ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, रोजगार तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।






प्रतिक्रिया दिनुहोस्