ट्रम्पको दाबी: बेलायतका प्रधानमन्त्री स्टार्मरले राजीनामा दिन्छन्

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने दाबी गरेका छन्।

ट्रम्पले आइतबार ट्रुथ सोसलमा लेखेका छन्, ‘किअर स्टार्मरले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन्। उनी दुई धेरै महत्त्वपूर्ण मुद्दामा नराम्ररी असफल भएका छन्: आप्रवासन र ऊर्जा।’

frontline

उनले ऊर्जाको मुद्दामा उत्तरी सागरमा रहेको तेल र ग्यास भण्डारलाई संकेत गरेका छन्।

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले राजीनामा दिने विषयमा अड्कलबाजी व्याप्त छ।

उनले सोमबार आफ्नो राजीनामाको योजना वा समयसीमा घोषणा गर्न सक्ने संकेत देखिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here