नर्वेको सानदार जित, इराक ४–१ ले पराजित

फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार बिहान बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गरेको छ। 

यो खेलमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्डले दुई गोल गर्दै टिमको जित सुनिश्चित गरे।

frontline

इराक ४० वर्षपछि विश्वकपमा फर्किएको हो भने नर्वे २८ वर्षपछि मैदान उत्रिएको हो। 

पहिला गोल खेलको २९ औँ मिनेटमा भयो। एन्टोनियो नुसाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेलाई १–० को अग्रता दिलाए।

त्यसको १० मिनेटपछि नै इराकका स्टार स्ट्राइकर आयमेन हुसेनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।  

तर ४३ औँ मिनेटमै इराकी डिफेन्सको गल्तीको फाइदा उठाउँदै हालान्डले व्यक्तिगत दोस्रो गोल गरेर इराकलाई २–१ ले पछि पारे।

दोस्रो हाफको ७६ औँ मिनेटमा मैदान प्रवेश गरेका लियो ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए। अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल हुँदा नर्वे ४–१ ले विजयी बन्यो।

यो जितसँगै नर्वेले ३ अंक जोडेको छ।  नर्वेले अब जुन २६ मा सेनेगलसँग अर्को प्रतिस्पर्धा गर्नेछ। 

नर्वेसँग नराम्ररी पराजित बनेको इराकले अब बलियो टोली फ्रान्सको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here