सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ

आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण गरिएको हो ।

भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको हो ।

frontline

नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छ ।

सिंहदरबारमै अर्को स्थायी हल तयार पारिएको हो । यही स्थायी हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here