कांग्रेसमा संस्थापन र देउवा समूहका समानान्तर प्रदेशस्तरीय भेला 

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा प्रदेशस्तरीय भेला गरिरहेका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको समितिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट निर्णय गरेर सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गरिरहेको छ ।

देउवा समूहले पार्टीको बृहत् एकताका लागि पुनर्जागरण र १५औँ महाधिवेशनको तयारीस्वरूप भन्दै प्रदेशस्तरीय भेला गरिरहेको छ । भेलाका लागि दुवै समूहले नेताहरूलाई जिम्मेवारी दिएका छन् ।

frontline

सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते कैलालीको धनगढीमा र कर्णाली प्रदेशस्तरीय भेला वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसीमा सम्पन्न भइसक्यो । गण्डकी प्रदेशस्तरीय भेला वैशाख ३१ र जेठ १ गते (आज) कास्कीको पोखरामा भइरहेको छ । भेलालाई सभापति गगन थापा, प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरूले सम्बोधन गरिरहेका छन् ।

प्रतिष्ठानले बागमती प्रदेशस्तरीय भेला जेठ ४ र ५ गते काभ्रेको धुलिखेलमा, मधेस प्रदेशस्तरीय भेला जेठ ६ र ७ गते महोत्तरीको बर्दिबासमा, कोशी प्रदेशस्तरीय भेला जेठ ८ र ९ गते सुनसरीको लौकीमा र लुम्बिनी प्रदेशस्तरीय भेला जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here