इरानको क्षमतालाई कम आकलन गर्नु अमेरिकाका लागि प्रत्युत्पादक

अमेरिका–इजरायल अभियान सैन्य रूपमा विनाशकारी भएको छ । इरानले ठुलो प्रहार भोगेको छ, तर मुख्य मुद्दा यो हो कि अमेरिकी र इजरायली आफूले राखेका उद्देश्य प्राप्त गर्न सफल भएका छन् कि छैनन् ? इरानविरुद्धको अमेरिका–इजरायल युद्ध तेस्रो चरणका लागि तयारी रूपमा देखिन्छ । पहिलो चरणमा केबल ध्वस्त हुनबाट जोगिएर नै इरान स्पष्ट विजेता बन्यो । दोस्रो चरण बराबरीमा सकियो, इरानले हर्मुजलाई नाकाबन्दी गर्‍यो, फलस्वरूप संयुक्त राज्य अमेरिकाले अर्को नाकाबन्दी गर्‍यो । तेस्रो चरणको नतिजा कस्तो हुनेछ अझै स्पष्ट छैन ।

गत साता ट्रम्पले घोषणा गरे कि ‘मानवीय’ कदमका रूपमा अमेरिकी नौसेनाले हर्मुज हुँदै विदेशी देशका जहाजलाई मद्दत गर्नेछ, इरानले बाधा पुर्‍याउने प्रयास गरे युद्ध हुन सक्छ । तर, उनको योजनामा के समावेश छ भन्ने कुरा अझै स्पष्ट छैन ।

frontline

विभिन्न प्रस्ताव र प्रति–प्रस्तावमा चर्चा भइरहेको छ । तर, सारमा अहिले ट्रम्पले इरानी योजनालाई अस्वीकार गरेका छन्, जसमा मूलतः हर्मुज जलमार्ग पुनः खोल्ने, युद्धको अन्त्य गर्ने र त्यसपछिको चरणमा आणविक वार्ता गर्न आह्वान गरिएको छ । अचम्म मान्नु पर्दैन, अमेरिकाले आणविक मुद्दालाई अगाडि बढाउने संशोधनसाथ प्रतिक्रिया दियो । यद्यपि, हालै प्रस्तुत गरिएको रिपोर्टमा इरानले १५ वर्ष वा सोभन्दा बढी समयसम्म संवर्द्धन निलम्बन गर्न र कुनै भण्डारण प्रतिबद्धता दिन इच्छुक रहेको बताएको छ । तर, प्रस्तावले आणविक पूर्वाधार भत्काउने वा यसको सुविधा नष्ट गर्ने विचारलाई अस्वीकार गर्‍यो ।

‘विकल्प छन् । हामी तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छौँ वा सम्झौता गर्ने प्रयास गर्न चाहन्छौँ,’ ट्रम्पले गत शुक्रबार इरानलाई लक्षित गर्दै चेतावनी दिएका थिए । यीमध्ये कुनै पनि विकल्प उनका लागि राम्रो देखिँदैन । पहिलो सैन्य वृद्धि हो, तर यसले विश्वव्यापी अर्थतन्त्रमा व्यापक परिणाम ल्याउनेछ र त्यसपछि पनि इरानलाई आणविक मोर्चामा धकेल्न निर्णायक परिणाम हुने सम्भावना कम छ । दोस्रो वार्तामार्फत सम्झौता हो, जसमा ट्रम्पले महत्वपूर्ण छुट दिनुपर्नेछ । दुवै पक्षले विश्वास गर्छन् कि उनीहरूको हात माथि छ, वा त्यो प्राप्त गर्न खोजिरहेका छन्, यस चरणमा सम्झौता केही हदसम्म गाह्रो देखिन्छ । 

अमेरिकाले खोजिरहेको एउटा विकल्प भनेको हर्मुजलाई खुला राख्न बहुराष्ट्रिय कारबाही गर्न आफ्नो गठबन्धनलाई पुनर्जीवित गर्नु हो । ट्रम्प अझै पनि आशा गरिरहेका छन् कि बम विस्फोट गरेर उनले हासिल गर्न नसकेको कुरा लामो समयसम्म नाकाबन्दीबाट प्राप्त गर्न सकिन्छ । समस्या यो हो कि अमेरिका र इजरायलले फेरि एकपटक इरानको क्षमता र लड्ने इच्छालाई कम आकलन गरिरहेका हुन सक्छन् । अमेरिकीहरूले इस्लामिक शासनको एकता र त्यहाँ कथित विभाजनको मुद्दा उठाइरहेका छन् । मुद्दा वास्तवमा त्यो होइन । गतिरोध तोड्न शासनले धेरै प्रस्ताव ल्याएको तथ्यले यो दाबी गरिएभन्दा बढी एकताबद्ध छ भन्ने संकेत गर्छ ।

समस्या यो हो कि तेहरानमा कसरी निर्णय लिइँदै छ भन्ने कुरामा ट्रम्प प्रशासनले ध्यान केन्द्रित गरिरहेको छ । इरान आफ्नो स्थापित अडान त्याग्न दबाबमा वार्ताको टेबलमा आइरहेको छैन र यसले आफ्नो लाभको रूपमा हेर्ने बिन्दुबाट वार्ता गरिरहेको छ– इच्छाअनुसार हर्मुज बन्द गर्ने र विश्वव्यापी अर्थतन्त्रलाई असर गर्ने क्षमता ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here