सातामा दुई दिन बिदा : ओपीडीमा थेगिनसक्नु बिरामी, सेवा झनै भद्रगोल
काठमाडौं । बिहान ६ बज्दा नबज्दै अस्पतालको मुख्य गेट वरिपरि मानिसको भिड देखिन्छ । कसैले झोलामा औषधिका पुराना पर्चा बोकेका छन्, कसैले रिपोर्ट । कतिपय बिरामी आफन्तको काँध समातेर विस्तारै लाइनतर्फ बढिरहेका छन् ।
सबैको एउटै गन्तव्य छ– ओपिडी टिकट । टिकट काउन्टरमा कोचाकोच छ । अस्पताल परिसरमा बिरामी र आफन्त लामबद्ध छन् ।
दुई दिनको बिदापछि सोमबार बिहान वीर अस्पतालको ओपीडीमा देखिएको दृश्य हो ।
शनिबार र आइतबार बन्द भएपछि उपचारका लागि आएका बिरामीहरूको चाप सोमबार एकैपटक अस्पतालमा खनिन्छ ।
टिकट काउन्टर खुल्नुअघि नै लामो लाइन लागिसकेको हुन्छ । कतिपय बिरामी बिहान झिसमिसेमै अस्पताल पुगिसेकका हुन्छन् ।
जनकपुरबाट आएका ३७ वर्षीय प्रमोद मुखियाले पुरानो फाइल देखाउँदै भने, ‘शरीर दुखेर बेहोस हुन्छु जस्तो भइसक्यो । आइतबार बन्द भएकाले देखाउन पाइएन । आज पनि घन्टौं कुर्नुपरेको छ ।’






प्रतिक्रिया दिनुहोस्