त्रियुगा नगरपालिका नौ दिन बन्द

त्रियुगा नगरपालिका नाै दिनका लागि बन्द गरिएको छ । एकैपटक ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा शाखा प्रमुखसहित प्राविधिक र अन्य कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि कात्तिक २८ गतेसम्मका लागि सेवा बन्द गराएको हो । नगरपालिकको कार्यालय र मातहतका शाखाबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) बाहेक दैनिक सञ्चालन हुने सेवा बन्द गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईले सूचना जारी गर्दै संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

पोजिटिभ देखिएका कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बसिदिन र स्वास्थ्य सम्बन्धी समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्र्पक गरी सुरक्षित रहन अधिकृत राईले आग्रह गरेका छन् । कर्मचारीलाई कोरोना संक्रमण भएको अवस्थामा कार्यालय संचालन गर्दा सेवाग्राहीलाई पनि सर्न सक्ने भएकोले अतिआवश्यक कामबाहेक अन्य सेवाहरु बन्द गरिएको उनले उल्लेख गरेका छन् । ‘वडाबाट प्रदान गर्ने सेवाहरु वडा कार्यालयले आआफनै तवरले गर्न वा बन्द गर्ने अधिकार वडाध्यक्षलाई दिइएको छ’ सूचनामा भनिएको छ ।

frontline

नगरपालिकको कार्यालयसँगै जोडिएको सदरमुकाम गाईघाट क्षेत्रमा रहेको ११ नम्वर वडा कार्यालयसमेत बन्द गरिएको छ । नगरपालिकाको कार्यालयसँग जोडिएको वडा कार्यालय भएको र आवतजावत बाक्लो रहेकाले २८ गतेसम्म सेवा बन्द गरिएको कार्यवाहक वडाध्यक्ष शकुन्तला विकले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here