केपी ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखियो

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्पति विद्यादेवी भण्डारीले प्रायोजित रुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताउनु भएको छ ।

संसद विघटनसम्बन्धी रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै यादवले यस्तो बताउनु भएको हो ।

frontline

यादवले यो संविधानबाट चार चार वटा सरकार बन्न सक्ने बताउँदै केपी ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखिएको बताउनुभयो ।

हामी यो संविधान अनुसार चार वटा सरकार बनाउन सक्छौं, उहाँले भन्नुभयो, `धारा ७६ को उपधारा १,२,३ र ५ अनुसार सरकार बनाउन भनेको छ ।

३ सम्म दलहरुले सरकार बनाउने हो । ५ मा आएपछि त्यो प्रक्रिया हुँदैन ।`

उपधारा ५ ले पार्टी हैन व्यक्ति हेर्ने हुँदा सरकार गठनका लागि कांग्रेस सभापति देउवाले बहुमत सदस्यको हस्ताक्षरसहित राष्ट्पतिकोमा जाँदा पनि किन अस्विकार गर्नुभयो यादवको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here