भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष शिक्षासेवी राजकुमार महर्जनको निधन

भक्तपुर । भक्तपुरले एक प्राज्ञिक व्यक्तित्वलाई गुमाएको छ । भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको निधन भएको छ ।

बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा निधन भएको सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष सानुराजा कार्कीले पुष्टी गरेका छन् ।

frontline

सूर्यविनायक प्याब्सनका सल्लाहकार र केन्द्रीय प्याब्सनका प्राज्ञिक सल्लाहकारसमेत रहेका महर्जनको निधनले अपूरणीय क्षती भएको उनले बताएका छन् ।

करिब ५४ वर्षीय महर्जन कोरोना भाइरस संक्रमणमा परेपछि बैशाख १२ गते अस्पताल भर्ना भएका थिए । एक साता अघि कोरोना रिपोर्ट नेगेटिभ आएका उनी अस्पतालमै स्वास्थ्य लाभ गरिररहेका थिए ।

मंगलवार दिउँसो बि एण्ड बि अस्पतालमा उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई बालकोट स्थित घाटमा ल्याइएको छ । स्वर्गीय महर्जनलाई अन्तिम श्रद्धान्जलीका लागि शिक्षाकर्मी र संचारकर्मीहरु बालकोट पुगेका छन् ।

संचार क्षेत्रलाई माया गर्ने शिक्षाविद महर्जनको निधनमा नेपाल पत्रकार महासंघ भक्तपुरले पनि गहिरो दुख ब्यक्त गरेको छ । उनी महासंघको भक्तपुर शाखाले स्थापना गरेको स्वर्गीय भगवान महर्जन स्मृती पत्रकारिता पुरस्कारका दाता समेत रहेका सचिव संजीप घिमिरेले जनाएका छन् ।

सो पुरस्कारका लागि उनले १ लाखको अक्षय कोष खडा गरिदिएपछि प्रत्येक वर्ष महासंघले विशिष्ट योगदान पुर्याएका एक पत्रकारलाई १० हजार रुपैयाँसहितको भगवान महर्जन स्मृती पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

स्वर्गीय महर्जनका श्रीमती र १ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here