ओलीको प्रस्ताव झालझेलपुर्ण रहेको बामदेव गौतम पक्षको निश्कर्ष

फ्रन्टलाइन राजनीति । नेकपा एमालेका नेता वामदेव गौतम पक्षले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्तावलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको छ।

सोमबार अपरान्ह बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमान्दार प्रयत्न मान्न नसिकने निष्कर्ष निकालेको हो।

frontline

एकता अभियानका संयोजक गौतमले मंगलबार विज्ञप्ति जारी गरी ओलीको प्रस्तावमाथि शंकासहित एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने कुरा भने सकरात्मक रहेको जनाएका छन्।

‘एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने कुरा सकारात्मक रुपमा ग्रहण गरेको छ। तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस विज्ञप्ती ः

प्रतिक्रिया दिनुहोस्

poster-here