मन्त्रिपरिषद पुनर्गठनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनसम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले पुनर्गठन गरेका सम्बन्धमा सरकारसँग लिखित जवाफ भने मागेको छ ।

frontline

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुका कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ

। मन्त्रिपरिषद गठनविरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दर्ता गरिएको छ ।

संसद विघटन गरी निर्वाचन गराउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मुद्दा दायर गरिएको हो ।

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

प्रतिक्रिया दिनुहोस्

poster-here