सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौं । कैलाली सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ ।
नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।




भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो ।
कांग्रेस भने तटस्थ बसेको छ ।
एमालेको ओली समूहले भने भट्टलाई विश्वासको मत दिएनन् ।
आज बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो ।
यसैगरी कांग्रेसले पनि आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको थियो ।
एमालेले भट्टलाई विश्वासको मत दिएपछि कांग्रेस तटस्थ बसेको हो ।
५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो ।
आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।
प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।
त्यस्तै प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद र एमालेका २५ सांसद छन् ।
तीमध्ये ७ जनामात्र ओली पक्षका छन् ।
प्रतिक्रिया दिनुहोस्