संक्रमणबाट मुटु रोग विशेषज्ञ डा.सुवेदीको निधन

 काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

frontline

गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

उनको एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

दुईदिन अघि परीक्षण गर्दा भने उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा. सुवेदीका श्रीमती र एक छोरी छन् ।

डा. सुवेदीले सन् २०१० मा बंगलादेशबाट एमबीबीएस र कार्डियोलोजीमा विशेषज्ञता हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here