२ करोड लागतमा निर्माण भइरहेको तारकेश्वर धामको पूर्वाधार विकासको अनुगमन गरे कामनपा नगर प्रमुख विद्या सुुन्दर शाक्यले

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तारकेश्वर धाममा निर्माण कार्यको मंगलबार अनुगमन गरेका छन् । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको तारकेश्वर महादेव मन्दिरको शाक्यले अवलोकन गरेका छन् । अनुगमन कार्यमा काठमाडौं महानगरपालिकाको उप–प्रमुख हरिप्रभा खड्की, तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा र वडा नं. ३ का अध्यक्ष मनोहर तिवारी, नगर प्रवत्ता बिदुर सापकोटा, वडा नं. ९ का अध्यक्ष बलराम सिटौला, तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, सूचना अधिकारी होमना न्यौपाने, नगरका इन्जिनियरहरु र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई हरियाली पार्क निर्माणको लागि १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । त्यस रकममा तारकेश्वर नगरलले १ करोड रुपैयाँ थप गरेर २ करोड लागतमा तारकेश्वरको पहिचान बनाउन सफल तारकेश्वर महादेव मन्दिरको यात्रा गर्नका लागि पदमार्ग व्यवस्थित र पोखरी, कुटी, प्रवेशद्वार लगायतको निर्माण कार्य भइरहेको छ ।

frontline

अनुगमनपछि छोटो प्रतिक्रिया दिँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले नगरपालिकाहरुलाई आगामी दिनमा अझै पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । महानगरबाट नजिक रहेको धार्मिक पर्यटकीय र हाइकिङ क्षेत्रहरुको विकासमा महानगरले सहयोग गर्ने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि १–१ करोड रुपैयाँ उपलब्ध गराएको थियो । यस क्रममा तारकेश्वर नगरले वडा नं. ३ मा अवस्थित तारकेश्वर धाम निर्माण गर्ने योजना महानगरमा पठाएको थियो ।

चारैतिर सार्वजनिक जङ्गल रहेको भू–भागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिढीँ, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेश द्वार निर्माणलगायत काम भइरहेका छन् । हाल धामको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।

काठमाडौं महानगरको बालाजु वाइपासबाट करीब १५ किलोमिटर दुरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदल यात्रापछि धाम क्षेत्रमा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाममा पुग्न सकिन्छ ।

यस ठाउँमा सती देवीको दायाँ तिघ्रो पतन भएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा स्वस्थानी व्रतका समयमा यस ठाउँमा मानिसहरु आउने जाने गर्छन् । त्यस्तै जनै पूर्णिमाका दिन यहाँको पोखरीमा स्नान गर्न मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

बागमती साउथवेस्ट

poster-here