डेनमार्कले १४ लाख डोज खोप दिने

काठमाडौं । डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए ।

frontline

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए ।

यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here