वीरगन्ज महानगरको निर्देशन : तोकिएको नाममा, तोकिएकै स्थानमा विद्यालय सञ्चालन गर्नू

वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुको नियमन सुरु गरेको छ ।

एउटै संस्थाबाट फरकफरक नाम राखी सञ्चालन गर्ने विद्यालय तथा एक ठाउँको अनुमति लिएर अर्को ठाउँमा सञ्चालन गर्ने विद्यालयको महानगरले नियमन सुरु गरेको छ ।

frontline

महानगरको शिक्षा समितिको बैठकले गरेको निर्णयअनुसार अव विद्यालयहरुले अनुमति लिएको स्थानबाटै विद्यालय सञ्चालन गर्नुपर्नेछ । साथै विद्यालय सञ्चालनको अनुमति पाएका शैक्षिक संस्थाहरुले अव प्लस टू मात्रै सञ्चालन गर्न नपाइने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए ।

कार्तिक १८ देखि ३ महिनाभित्र तोकिएको नाम र स्थानमा विद्यालय सञ्चालन गर्न समितिको निर्देशन छ ।

नियमानुसार कक्षा १ देखि १२ सम्म अथवा कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाईन्छ । महानगरले अब कक्षा ११ र १२ मात्र चलाउन नदिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here