सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाही
काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेका छन् ।
प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।
डीएसपी थापालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिहंले पनि डीएसपी खड्कालाई कारबाही गरिएको पुष्टि गरेका छन् । ‘हामीलाई पनि कारबाहीको जानकारी आएको छ,’ सिंहले भने ।
डीएसपी खड्काको कार्यसम्पादनमा महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्