हुम्लामा दोस्रो लहरपछि लक्षण विनाका सङ्क्रमित

काठमाडौं । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् ।

दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

frontline

एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आइसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।

सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए ।

कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाको भनाइ छ । 

जिल्लाका सातवटै गाउँपालिकामा एन्टिजेन किटबाट एकहजार दुई सय जनाको परीक्षण गर्दा १७५ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यसमा १२४ जनामा लक्षण नदेखिएको उनले बताए । 

कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here