नुहाउन गएकी किशोरीमाथि बलात्कार प्रयासमा रोल्पाका इन्जिनियर पक्राउ

काठमाडौं । पानी धारामा नुहाउन गएकी किशोरीमाथि हातपात गर्दै करणी गर्न खोजेको भन्दै रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन्।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएकी किशोरीलाई दाङको लमही घर भएका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले उजुरी दिएका छन्।

frontline

पीडित पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योगअन्तर्गत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए।

‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ,’ डिएसपी सुवेदीले भने, ‘दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।’

साथै सबै कानूनी प्रक्रिया अगाडि बढाइएको समेत सुवेदीले बताए।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनिरल वाटरको बोटल बोकेर पानी भर्ने निहुँमा धारमा गएर दिन-दहाडै धारामा नुहाउँदै गरेकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप पीडित पक्षको छ।

ति किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए।

विभिन्न बाहनामा ब्ल्याकमेलिङ गर्ने गरेको र बेला बेलामा किशोरीको फेसबुक आइडीसमेत माग्ने गरेको थिए।

‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ,’ डिएसपी सुवेदीले भने, ‘दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले जबरजस्ती गर्न खोजेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।’

पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको डिएसपी नवराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here