पार्टी एकता नचाहेको आरोप योगेश भट्टराईले प्रधानमन्त्रीलाई

काठमाण्डु ।  नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् ।

एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले आठौं र नवौं महाधिवेशनदेखि नै संघर्ष गर्दै आइरहेको बताएका हुन् ।

frontline

ओली नै पार्टी फुटाउन लागिपरेको आरोप लगाए।

पार्टी एकता जोगाउन सकिन्छ कि भनेर आफुहरु संस्थापन पक्षका नेताहरुसंग छलफल गरीरहेको बताए ।

ओलीले पार्टी भन्दा आफुलाई सर्वेसर्वा ठानेको उनको भनाइ छ ।

आफ्नो पद जोगाउनकै लागि मधेसवादी दलसंग सत्ता सशकार्य गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here