निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने प्रमुखलाई कारबाही गर्न निर्देशन

काठमाडौं। गृह मन्त्रालयले निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो ।

frontline

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि पत्र प्राप्त भएको बताए ।

‘गृहबाट कारबहीका लागि पत्र आएको छ, पहिला सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै आज पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडी बढ्छ’,उनले भने ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए ।

स्वयम्भू डाँडामा अश्वभाविक गतिविधिमा लिप्त फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

विभाग स्रोतका अनुसार ती युवती कार्यालयकै करारमा कार्यरत इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here