जसपाबाट पाँच जना नेता मन्त्री बन्ने

काठमाडौं। जनता समाजवादी पार्टी महन्थ ठाकुर समूहका पाँच जना नेता आजै मन्त्री बन्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार जसपाबाट पाँच जना नेता मन्त्री बन्ने भएका हुन् ।

frontline

उनीहरुलाई पांच मन्त्रालयसहित आजै साँझ ५ बजे शपथ खुवाउने तयारी भएको स्रोतले जानकारी दियो ।

जसपाबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित उद्योग मन्त्रालय, उर्जा मन्त्रालयमा शरतसिंह भण्डारी, अनिलकुमार झा शहरी विकास मन्त्रालय, विमल श्रीवास्तव खानेपानी र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने टुंगो लागेको हो ।

श्रीवास्तव र अरगरियाले लो प्रोफायलको मन्त्रालयमा नजाने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here