भन्सारएजेन्टका सब एजेन्टले झूट्टा विवरण पेश गर्दा परीक्षा प्रभावित

काठमाडौं, २०७८ जेठ २१

देशमा भन्सार ३८ वटा मूलभन्सार र सो अन्र्तगत १३३ वटा छोटी भन्सार कार्यालयहरुबाट समेत भन्सार जाँचपास सम्बन्धि कामकारवही हुदै आएकोमा विभागमा दर्ता रहेका नविकरण समेत गरेका करिव १३५ जना भन्सार एजेन्टबाट भन्सार प्रशासन चुस्तदुरुस्त हुननसकेकोले नयाँभन्सार एजेन्टको परीक्षाप्रणालीबाट नियूक्तिगर्ने कानूनीव्यवस्था भन्सार ऐन २०६४ नियमावली २०६४ रहेको छ ।

frontline

भन्सार विभागले वि.स.२०५३ र २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनौटगरी ५८३ जनालाई भन्सार एजेन्टप्रमाणपत्र दिएको थियो । २१बर्षपछि आईपुग्दा यो संख्या घट्दै गएर १७० जना रहेको छ । नयाँभन्सार एजेन्टको परीक्षाहुननसकीइजातजपत्रदिननसकेको, कार्यरत भन्सार एजेन्टहरुको संख्या कम हुदै गएको र वैदेशिक व्यापारको आयतनसमेत बृद्धिहुदै गएको आवस्था एव प्रविधिमा आधारित भन्सार प्रशासनलाई मध्यनजर राखी २१ बर्ष पछि भन्सार एजेन्टको परीक्षाको तयारी विभागले मिति २०७७ चैत्र १६ को सार्वजनिक सूचनाजारी गरी ६६० जनाको लागि आवेदनफारम मागभएको थियो ।लिखित परीक्षा र अन्तर्वाता समेत लाई आधार बनाई भन्सार एजेण्ट छनौट गरिने भनि सार्वजनिक सूचनाप्रकाशित गरेको थियो ।

तर केहीभन्सार ऐजन्टका पनि सब एजेन्टले तथाकथितरुपमा परीक्षामा सहभागिहुन दरखास्तफाराम भर्न बन्चित गरिएको भनि १२ जनाले सम्मानीत सर्वोच्चअदालतमा मिति२०७८ बैशाख ५ गते रिट दायर गरेको र सर्वोच्चअदालतबाट २०७८ बैशाख १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । जुनजुन व्यक्तिले सर्वोच्चअदालतमा रिट दर्ता गराए परीक्षाबाट बन्चित गरियो भनि निजहरुले भन्सार एजेन्टको लागि दरखास्तफाराम बुझाएको विभागको अभिलेख बाट देखिन्छ । रिट पनिनिवेदन दिने फारामपनि भर्ने दोहोरो भूमिकामा रहेका यि १२ जनालाई कानूनबमोजिमझट्ट विवरण पेश गरेकोमा नेपाल कानूनबमोजिम कार्यवाही गर्नु पर्ने अदालतभन्सार विभागलगायत भन्सार एजेन्ट परीक्षार्थी समेतलाई गुमराहमा राख्ने कार्यको चौतफीविरोध हुनथालेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here