चार जिल्लाका किसानले पाए तीन करोड अनुदान

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका किसानलाई करिब रु तीन करोड अनुदान वितरण गरेको छ। 

सुन्तला, स्याउ, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई चिस्यानगृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि रु दुई करोड ९२ लाख १६ हजार अनुदान वितरण गरेको परियोजना कार्यान्वयन एकाईले जनाएको छ। 

frontline

कार्यविधिअनुसार कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान उपलब्ध गराएको परियोजनाका कृषि अधिकृत बिक्रम बस्यालले जानकारी दिए। रु १५÷१५ लाख अनुदानमा बागलुङ नगरपालिका–१० भकुण्डे र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटमा १०र१० मेट्रिकटनको दुई वटा स्याउ र सुन्तला भण्डारण गर्ने चिस्यानगृह निर्माण भएको छ। 

रु ८१ लाख ३३ हजार बजेट खर्च भएको भण्डारण, प्राथमिक प्रशोधन शीर्षकमा थप १० टन क्षमताको दुई वटा रष्टिक घर, एक वटा ग्रेडिङ मेसिन, एक सेट मिनी जुस पलान्ट तथा एक सेट आलु चिप्स बनाउने उपकरण वितरण गरिएको छ। रु ९३ लाख ८१ हजार अनुदानमा निर्माण भएका ५९ वटा साना सिँचाइ योजनामार्फत २३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको कृषि अधिकृत बस्यालले बताए। 

रु आठ लाख अनुदानमा जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला सङ्कलन केन्द्र र रु तीन लाख १८ हजार सहयोगमा थासाङ गाउँपालिका–१ टुकुचेमा आठ हजार स्याउका कलमी बिरुवा उत्पादन हुने नर्सरी केन्द्रमा पूर्वाधार निर्माण गरिएको छ। 

रु आठ लाख पाँच हजार अनुदानमा उपल्लो मुस्ताङमा करिब १०० माउ च्याङ्ग्राको स्रोत केन्द्र स्थापना, पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममार्फत रु १६ लाख ४७ हजार सहयोगमा २० वटा च्याङ्ग्राको उन्नत जातका बोका वितरण, १२८ वटा बङ्गुरका पाठापाठी र च्याङ्ग्राको आहराका लागि ४५ टन मकै वितरण गरिएको छ। 

दशवटा च्याङ्ग्राको खोर निर्माणका लागि रु ३० लाख र कृषि यान्त्रीकरण सहयोग कार्यक्रममार्फत रु ५१ लाख ३२ हजारमा ६० थान मिनिटिलरसहित विभिन्न किसिमका १६४ वटा कृषि औजार वितरण गरिएको कृषि अधिकृत बस्यालले जानकारी दिए। 
 
बेनी, बागलुङ नगरपालिका, काठेखोला, मङ्गला, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, थासाङको ३, ४ र ५ बाहेक मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको छवटै पालिकामा बङ्गुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङ्ग्रा जोन लागू भएको छ।

यसैगरी म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगङ्गाको ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागू भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here