मधेस प्रदेशका ८ जिल्लाको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव
समाचार सारांश
- मन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानको लागि साझा जिम्मेवारी आवश्यक रहेको बताए।
- उनले तराई-मधेशका जिल्लाहरू जलसङ्कटको सामना गरिरहेको र यो साझा चुनौती भएको बताए।
- मन्त्री यादवले स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न मन्त्रालय अहोरात्र खटिएको जानकारी गराए।
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।
आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताए ।
“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उनले भने, “खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफू सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्