नवलपुरका तीन पालिका प्रमुखमा कोरोना संक्रमण
पूर्वी नवलपरासी (नवलपुर)का तीनजना पालिका प्रमुख कोरोना संक्रमित हुनुभएको छ ।
संक्रमित हुनेमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी प्रमुख लक्ष्मी पाण्डे हुनुहुन्छ ।
‘होम आइसोलेसन’मा रहनुभएका उहाँहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।
जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ सय ४३ पुगेको छ ।
हाल ४४८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १८ जना संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली तिवारीले जानकारी दिनुभयो ।
यहाँ संक्रमणका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्