नेपाल रेडक्रस सोसाइटीले रेडक्रस चिन्ह दुरुपयोग नगर्न अपिल

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले रेडक्रस चिन्ह दुरुपयोग नगर्न अपिल गरेको छ ।

केही सञ्चार माध्यमहरुमा तथा सामाजिक सञ्जालमा रेडक्रसको चिन्ह अंकित अनधिकृत सामग्रीहरु उत्पादन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै महासचिव पिताम्बर अर्यालले अनधिकृत प्रयोग नगर्न अपिल गर्नुभएको हो ।

frontline

‘यस्ता उत्पादनसँग नेपाल रेडक्रस सोसाइटीको कुनै सम्वन्ध नरहेको र यसले आम जनमानसमा भ्रम पैदा गरेकोले नेपाल सरकारका सम्वद्ध निकायहरुलाई वास्तविकताको सत्यतथ्य छानविन गरी आइन्दा रेडक्रसको चिन्ह अंकित वा चिन्हसँग मिल्दोजुल्लो आकृतीमा कुनै पनि उत्पादन नगराउने पैरवीका लागि अनुरोध गर्दछौं,’ आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।

रेडक्रस चिन्हको उपयोग र दुरूपयोगका सम्बन्धमा जेनेभा महासन्धिहरुमा स्पष्ट उल्लेख गरिएको छ ।

‘जेनेभा महासन्धिहरू र यसका अतिरिक्त सन्धिपत्रमा चिन्हका विषयमा विभिन्न धारा उपधाराहरूको व्यवस्था छ ।

कानुनहरूले रेडक्रस चिन्हको प्रयोग, आकार, उद्देश्य, राखिने स्थान, चिन्हले सुरक्षा गर्ने व्यक्ति र सम्पत्ति, प्रयोगकर्ता, चिन्हको आधार र आदरको महत्व तथा दुरूपयोग भएको खण्डमा सजायको समेत व्यवस्था गरेको छ,’ अर्यालले विज्ञप्तीमा भन्नुभएको छ, ‘यसका साथै जेनेभा महासन्धीहरू र यसका अतिरिक्त सन्धिपत्रहरूका पक्षधर राष्ट्रहरूले चिन्हको दुरूपयोग रोकथाम र उचित प्रयोग सम्बन्धमा राष्ट्रियस्तरमा कानुन निर्माण र कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पनि दिएको छ ।’

रेडक्रस चिह्न तटस्थ चिह्न हो । यसको प्रयोग रेडक्रस तथा रेडक्रिसेण्ट अभियानमा संलग्न प्रत्येक देशका राष्ट्रिय सोसाइटीहरूले आफ्नो पहिचानका लागि र मानवीय सेवाको संरक्षणका लागि प्रयोग गर्ने गर्दछन् ।

विशेषतः यस चिन्हको प्रयोग रक्षात्मक र संकेतात्मक गरी दुई तरिकाले गरिन्छ ।

रेडक्रसले रेडक्रस चिन्ह तथा यससँग मिल्दाजुल्दा चिन्हको प्रयोग गरी कुनै पनि सामग्री उत्पादन गर्दा जेनेभा महासन्धिको उलंधन हुने भएकाले रेडक्रस चिन्हको सदुपयोगमा सबै सरोकारवालाको सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here