२४ घण्टामा संक्रमित ४३६९ ,निको ६२०५ जना र १०९ जनाको मृत्यु

काठमाडौं । आइतबार थप ६ हजार २०५ जना कोरोनाबाट निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनामुक्त भएको बताए।

frontline

त्यस्तै यस अवधिमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार २७२ जनाले ज्यान गुमाएका छन्। 

पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ३७०२ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा पोजेटिभ देखिएको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here