१७५ अर्ब डलरको गोल्डेन डोम, जसले हवाई तथा मिसाइल आक्रमणबाट अमेरिकालाई बचाउनेछ

News Summary
Generated by OK AI. Editorially reviewed.
- अमेरिकाले ‘गोल्डेन डोम’ नामको नयाँ मिसाइल सुरक्षा प्रणालीको डिजाइन छनोट गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरे।
- उनले यो प्रणाली अमेरिकी मिसाइल र क्रुज मिसाइल जस्ता खतरा रोक्न सक्षम हुनेछ र अन्तरिक्षमा सेन्सर र इन्टरसेप्टर रहने बताए ।
- अमेरिकी बजेटमा यस परियोजनाका लागि २५ अर्ब डलर विनियोजन गरिएको छ, तर कुल लागत १७५ अर्ब डलरसम्म पुग्न सक्ने अनुमान छ।
अमेरिकाले ‘गोल्डेन डोम’ नामको नयाँ मिसाइल सुरक्षा प्रणालीको डिजाइन छनोट गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका छन् । यो प्रतिरक्षा प्रणाली नै भविष्यको अमेरिकी मिसाइल सुरक्षा प्रणाली हुने बताइएको छ।
ट्रम्पका अनुसार गोल्डेन डोम उनको वर्तमान कार्यकालको अन्त्यसम्म सञ्चालनमा आउनेछ ।




दोस्रोपटक राष्ट्रपतिमा विजयी भई ह्वाइट हाउस फर्किएको केही दिनमै ट्रम्पले यस्तो सुरक्षा प्रणाली ल्याउने योजना सार्वजनिक गरेका थिए ।
उनका अनुसार, यो प्रणाली अमेरिकालाई भविष्यका ब्यालिस्टिक मिसाइल र क्रुज मिसाइल जस्ता सम्भावित हवाई खतराहरूबाट बचाउनका लागि आवश्यक हुनेछ ।
अमेरिकाले किन बनाइरहेको छ यो प्रणाली ?
गोल्डन डोम प्रणालीका लागि अमेरिकी बजेटमा २५ अर्ब डलरको प्रारम्भिक रकम विनियोजन गरिएको छ। यद्यपि अमेरिकी सरकारले चाहिँ आगामी केही दशकमा यस प्रणालीको खर्च हाल विनियोजित रकमभन्दा निकै धेरै हुनसक्ने आँकलन गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार, अमेरिकासँग रहेको वर्तमान प्रतिरक्षा प्रणाली तीव्र गतिमा अत्याधुनिक हतियारहरू विकास गरिरहेका सम्भावित शत्रुहरूको सामना गर्नमा पछाडि परिसकेको छ ।
यो महत्वाकांक्षी परियोजनाको जिम्मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्पेस फोर्सका जनरल माइकल गेटलाइनलाई सुम्पिएका छन् । जनरल गेटलाइन स्पेस फोर्समा स्पेस अपरेसनका उपप्रमुख हुन्।
राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको सातौं दिनमै ट्रम्पले रक्षा मन्त्रालयलाई यो मिसाइल रक्षा प्रणालीको योजना बनाइ पेस गर्न निर्देशन दिएका थिए।
ट्रम्पका अनुसार, यो प्रणालीले अमेरिकालाई हवाई आक्रमण रोक्न र आत्मरक्षा गर्न सहयोग गर्नेछ। यस्ता हवाई आक्रमणहरू आउने दिनहरूमा अमेरिकाका लागि ‘सबैभन्दा डरलाग्दा खतरा’ बन्नेछन् । मंगलबार राष्ट्रपति कार्यालयमा ट्रम्पले जानकारी गराउँदै भने कि नयाँ मिसाइल रक्षा प्रणाली जमिन, समुद्र र अन्तरिक्षमा नयाँ पुस्ताको प्रविधिले सुसज्जित हुनेछ। यस प्रणालीअन्तर्गत अन्तरिक्षमा यस्ता सेन्सर र इन्टरसेप्टर रहनेछन्, जसले यस्ता हवाई खतरा रोक्न सक्नेछन्।
गोल्डन डोम प्रणालीमा क्यानेडाको रुचि

क्यानडाले पनि यो प्रणालीमा सहभागी हुन अनुरोध गरेको अमेरिकी रुाष्ट्रपति ट्रम्पले खुलासा गरेका छन् । यस वर्षको सुरुमा अमेरिका आएका क्यानडाका तत्कालीन रक्षा मन्त्री बिल ब्लेयरले स्वीकार गरेका थिए कि क्यानडाले पनि गोल्डेन डोम परियोजनामा सहभागी हुन रुचि देखाएको थियो।
उनले भनेका थिए, ‘यो समझदारीपूर्ण निर्णय हो र यो क्यानडाको हितमा हुनेछ।’
क्यानडाले यो बुझ्न आवश्यक छ कि यस क्षेत्रमा के हुँदैछ ? आर्कटिक क्षेत्रमा मात्र नभई अन्य भूभागहरूबाट हुने सम्भावित खतराबारे पनि सजग रहनुपर्ने छ।
ट्रम्पका अनुसार, गोल्डेन डोम प्रणालीले संसारका अन्य भागहरू वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई रोक्न सक्ने क्षमता राख्दछ।
इजरायलको आइरन डोमबाट प्रभावित

यो प्रणाली केही हदसम्म इजरायलको ‘आयरन डोम’ प्रणालीबाट प्रेरित छ। इजरायलले सन् २०११ देखि रकेट र मिसाइल आक्रमण रोक्नका लागि यसको प्रयोग गर्दै आएको छ।
यद्यपि, ‘गोल्डेन डोम’ प्रणाली त्यसभन्दा धेरै ठूलो हुनेछ र यो हाइपरसोनिक हतियारहरू सहित अझ व्यापक खतराहरूको सामनागर्न सक्षम हुनेछ।
यो प्रणाली ध्वनिको गतिभन्दा तेज र फ्रयाक्सनल अर्बिटल बमबार्डमेन्ट सिस्टम (FOBS) भन्दा पनि तीव्र गतिमा स्थान परिवर्तन गर्न सक्छ। FOBS प्रणाली अन्तरिक्षबाट हतियार प्रक्षेपण गर्न सक्षम हुन्छ ।
ट्रम्पले बताएका छन् कि यस्ता सबै प्रकारका खतराहरूलाई आकाशमै नष्ट गर्न सकिनेछ। यसको सफलता दर लगभग शतप्रतिशत हुने दाबी गरिएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार गोल्डेन डोम प्रणालीले मिसाइलहरूलाई विभिन्न चरणहरूमा रोक्न सक्षम हुनेछ। यसले मिसाइल तैनाथी र प्रक्षेपणको क्रममा आकाशमै तिनीहरूको गतिविधि रोक्न सक्नेछ।
यो प्रणालीका विभिन्न पक्षहरू एउटै केन्द्रीय कमान्ड अन्तर्गत समन्वयमा सञ्चालन हुने अधकिारीहरुको भनाइ छ ।
ट्रम्पले के भने ?

गत मंगलबार एक घोषणा गर्दै उर्जामन्त्रीले उक्त यो प्रणालीका लागि प्रारम्भमा २५ अर्ब डलर खर्च हुनेछ, जबकि पूरै लागत १७५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ।
२५ अर्ब डलरको प्रारम्भिक लागत ट्रम्पको कर सम्बन्धी ‘वन बिग ब्यूटिफुल बिल’मार्फत जुटाउने लक्ष्य राखिएको छ। यद्यपि यो विधेयक अहिलेसम्म पारित भएको छैन।
यता सरकारले यो प्रणालीमा त्यसभन्दा बढी रकम पनि खर्च गर्न सक्न अमेरिकी संसदको बजेट विभागले दाबी गरेको छ । अर्को दुई दशकमा यो लागत बढेर ५४२ अर्ब डलरसम्म पुग्न सक्छ। त्यति धेरै खर्च यो प्रणालीको केवल अन्तरिक्ष–आधारित हिस्सामा मात्र हुन सक्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूका अनुसार, अमेरिकाको हालको रक्षा प्रणाली रुस र चीनको नयाँ मिसाइल प्रविधिको तुलनामा पछाडि परेको छ ।
ट्रम्पले मंगलबार भनेका छन् : हाल हामीसँग कुनै पूर्ण प्रणाली छैन। हामीसँग केही मिसाइल र मिसाइल डिफेन्सहरू छन्, तर सिंगो प्रणाली छैन। इतिहासमा यस्तो कहिल्यै भएको थिएन ।
अमेरिकी डिफेन्स इन्टेलिजेन्स एजेन्सीबाट जारी एक ब्रीफिङसँग सम्बन्धित कागजातमा उल्लेख गरिएको छ कि भविष्यमा मिसाइल आक्रमणहरूको खतरा अझै बढ्नेछ। किनभने यस्ता आक्रमणहरू अझै मारक र सटीक बन्न सक्छन् । चीन र रूसले अमेरिकी रक्षा प्रणालीमा देखिएका कमजोरीहरूको फाइदा उठाउने प्रयासमा तीव्र गतिमा आफ्ना नयाँ प्रणालीहरूको डिजाइनमा लागेका छन् ।
-बीबीसी
प्रतिक्रिया दिनुहोस्