चाँगुनारायणमा अक्सिजन प्लान्ट बन्ने, नगरपालिका र फाउण्डेसनबीच सम्झौता

नगरबासीले अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस, नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता ः नगरप्रमुख मिश्र ।

फ्रन्टलाइन पालिका । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ। नगरपालिकाले वडा नं. ४ मा सञ्चालन गरिरहेको चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो।

frontline

उक्त अस्पतालमा करिब १ करोड ५७ लाख बराबरको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको नगरपालिकाले शुक्रबार चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ। सम्झौता अनुसार प्लान्टका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने छ।

‘चाँगुनारायण अस्पताललाई व्यवस्थित बनाउँ, चाँगुबासीलाईस्वस्थ राखौं’, ‘यो महामारीमा आफ्नो ठाँउबाट सहयोग गरौ!’ भन्ने उद्देश्यले नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको फाउण्डेसनका अध्यक्ष मणिरज खत्रीले बताउनुभयो । उहाँले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लान्ट स्थापना गर्न लागेको बताउनुभयो ।

उहाँले एक महिनाभित्र प्लान्ट सञ्चालन गर्ने योजना रहेको बताउँदै त्यसका लागि फाउण्डेसनले हालसम्म २१ लाख रुपैयाँ संकलन गरिसकेको जानकारी गराउनुभयो । ‘केही रकम जम्मा भइसकेको छ, अब हामी अस्पतालमा प्लान्ट बनाउने काम सुरु गर्छौं।’ उहाँले भन्नुभयो ।

कोरोना संक्रमणको यो महामारीमा नगरबासीको जीवनरक्षाका निम्ति नगरभित्रैको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले बताउनुभयो । नगरबासीले अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले अक्सिजन प्लान्ट निर्माण गर्ने निधो गरिएको पनि मेयर मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here