सेवा इन्टरनेशनल युएसएद्वारा आवश्यक मेडिकल सामग्री हस्तान्तरण

श्रोत : ईन्टरनेट

काठमाडौं । सेवा इन्टरनेशनल युएसएले नेपालका लागि आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ।अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाको अनलाइन उपस्थितिमा कोरोना महामारीसँग जुध्न अति आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री हस्तान्तरण गरिएको हो।

कोरोना महामारीका कारण गम्भीर रूपमा प्रभावित भएको अवस्थामा नेपाल र नेपालीलाई आवश्यक पर्ने सामग्री आपूर्ति गरेकोमा सेवाको यस सहयोगलाई राजदूत खतिवडाले सराहना गरेका छन्।

frontline

अमेरिकामा बसोवास गर्दै आएका भारतीय तथा नेपाली मूलका सेवाभावी व्यक्तिहरूद्वारा सञ्चालित सेवा इन्टरनेशनलले यस विषम परिस्थितिमा नेपाललाई सहयोग पुर्‍याएकोमा उनले आभार व्यक्ति गरे।

अमेरिकास्थित नेपाली राजदूतावासका तर्फबाट गरिएको ट्विटमा उल्लेख गरिएको छ, ‘महामहिम राजदूतले सेवा अमेरिका तथा सेवालाई स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूको सराहना गरे।’

अनलाइन माध्यमबाट आयोजित चिकित्सकीय सहयोग हस्तान्तरण कार्यक्रममा सेवा अमेरिकाका अध्यक्ष अरुण कंकानी, सेवाका अन्य प्रतिनिधि, अमेरिकास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सेवा इन्टरनेशनल नेपालका तर्फबाट प्रसन्न बैद्य, हिन्दू स्वयंसेवक संघ नेपालका प्रतिनिधि रेवित कुमार लगायतको सहभागिता रहेको थियो ।

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा काठमाडौँमा अक्सिजन सुविधा सहित ८० बेडको, भैरहवामा १० बेडको तथा नेपालगञ्ज, वीरगञ्ज लगायत देशका विभिन्न स्थानमा अक्सिजन सुविधा सहितको आइसोलेशन सेन्टर स्थापना गरी सेवाकार्य गरिरहेको छ।

नेपालगञ्जमा तथा बर्दिया गुलरीयामा बिरामीहरूका लागि भोजनको व्यवस्था गरिएको र वीरगञ्जमा औषधि बैंक सञ्चालनमा ल्याइएको पनि सेवाका प्रतिनिधि प्रसन्न वैद्यले जनाएका छन् । धादिङको रुबी भ्याली गाउँपालिकामा आइसोलेशन सेन्टर सञ्चालनमा तथा बिरामी एवं कुरुवाका लागि भोजन उपलब्ध गराउनमा सेवा तथा संघले सहयोग पुर्‍याउँदै आएको छ।

नारायणघाटमा पनि सेवा र संघको तर्फबाट कोरोना महामारीलाई लक्षित गरी एम्बुलेन्स व्यवस्था सञ्चालनमा ल्याइएको छ। त्यस्तै, कोभिड महामारीका कारण देशभरी नै अक्सिजनको अभाव भइरहेको अवस्थामा महेन्द्रनगरस्थित महाकाली अस्पताललाई पहिलो खेपमा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै सेवा तथा संघले आगामी एक महिनासम्म त्यहाँ अक्सिजन आपूर्ति गर्ने सम्झौता गरेको छ।

यी दुबै संस्थाले देशका विभिन्न स्थानमा मेडिकल कीट, खाद्यान्न प्याकेट लगायतका वस्तु आपूर्ति पनि गर्दैआएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here