लुम्बिनी प्रदेश सभाको बैठक जेठ १९ गते बोलाउन प्रमुखलाई आग्रह

काठमाडौं । बुटवल लुम्बिनी प्रदेश सरकारले जेठ १९ गते प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई आग्रह गरेको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले जेठ १९ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउन सिफारिस गरेको हो । सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

यस्तै बैठकले  प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशसभाको बैठक  बोलाउनको लागि विपक्षीहरु पनि माग गरिरहेका छन् । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नवसी अन्त्य गरिएको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here