सिरियाको राष्ट्रपतिमा असद चौथो पटक निर्वाचित, ९५ प्रतिशत मत पाएको दाबी

फ्रन्टलाइन विश्व परिवेश । वर्षौंदेखि द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन्। बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५.१ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। यो जितसँगै ५५ वर्षीय असदलाई थप सात वर्ष सिरियामा शासन गर्ने बाटो खुलेको छ।

उनी राष्ट्रपतिमा निर्वाचित भएको यो चौथो पटक हो। अब असद परिवारले झन्डै ६ दशक सिरियामा शासन गर्ने भएको छ। यसअघि उनका बुवा हाफेज अल असदले ३० वर्ष सिरियामा शासन गरेका थिए। उनको सन् २००० मा मृत्यु भएको थियो। बुधबारको चुनावमा कुल मतदाताको ७८ प्रतिशत मत खसेको बताइएको छ। असदका दुई प्रतिष्पर्धी थिए। तीमध्ये अब्दल्लाह सालोम अब्दल्लाहले १.५ र महमोउद अहमेद मारेइले ३.३ प्रतिशतमात्र मत पाएका छन्।

frontline

सिरियामा दशकौंदेखिको द्वन्द्व छ।द्वन्द्वमा लाखौंले ज्यान गुमाएका छन् भने दशौं लाख विस्थापित भएका छन्। असद सरकारले भने बुधबारको चुनावले सिरिया सामान्य तरिकाले चलिरहेको छ भन्ने देखाएको बताएको छ। असदका विपक्षी र पश्चिमा अन्तर्राष्ट्रिय समुदायले भने चुनावमा व्यापक धाँधली भएको बताएका छन्। चुनावअघि फ्रान्स, जर्मनी, इटाली, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले विज्ञप्ति निकालेर असदको आलोचना गरेका थिए। चुनाव निष्पक्ष र धाँधलीरहित नहुने उनीहरूको भनाइ थियो। सिरियाको छिमेकी टर्कीले पनि चुनावलाई अवैधानिक भनेको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here