धार्मिकस्थल अर्घा दरबार जाने मोटरबाटो पीच हुँदै

श्रोत : ईन्टरनेट

काठमाडौं । सन्धिखर्क अर्घाखाँचीको पर्यटकीय तथा धार्मिकस्थल अर्घा दरबार जाने मोटरबाटो पीच हुन थालेको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको रमणीय थलो हो । 

बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर, दरबार रहेका छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । 

frontline

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा धार्मिक तीर्थस्थल सुपा देउरालीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजानका लागि सन्धिखर्क नगरपालिकाको पहलमा सडक पीच हुन थालेको हो । अर्घा दरबार बाइसे चौबिसे राज्यको राज दरबार हो । यहाँ राजाले राज्य गर्दथे । पाल्पा एकिकरणसँगै नेपाल राज्यमा एकिकरण भएको यो स्थानबाट हिम श्रृंखलहरु समेत हेर्न सकिन्छ । 

लुम्बिनी तथा सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजारहुँदै अर्घा दरबारमा लैजाने उदेश्यले सडक पीच गर्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । 

चुत्राबेसीबाट धरम्पानी मिनीकोटहुँदै अर्घा भगवती जाने बाटोको निर्माण स्थलमा गइ अनुगमन गरिएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायतको टोलीले अनुगमन गरेको हो ।

स्थानीय सरकार बनेसँगै चहलपहल कम भएको सन्धिखर्क बजारमा चहलपहल ल्याउनका दागि पनि अर्घा दरबार र भगवती मन्दिरमा विभिन्न कामहरु भइरहेका छन् । नेपालमै सबै भन्दा ठूलो देवी भगवती मन्दिरको मुर्ति राख्नकालागि पनि काम सुरु भइरहेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।  

अर्घा भगवती मन्दिरमा अहिले देवी भगवतीको मुर्ति राख्न सन्धिखर्क नगरपालिका लागि परेको छ । एक करोड भन्दा बढी लागतमा उक्त मुर्ति राख्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए।

पन्ध्रौं–सोह्रौं शताब्दीमा अस्तित्वमा रहेको अर्घा राज्यमा जिल्ला राईका सन्तानले राज्य गरेका थिए । राईबाट शाह, शाहीको रुपमा चिनिने यहाँका राजाले सामरिक सुरक्षित क्षेत्र चयन गरी पहाडको थुम्कोमा राजधानी बनाइ शक्तिपीठको स्थापना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here