अप्ठ्यारो सहेर होम आइसोलेसनमा नबस्नुस् , हामी छौं- ललितपुर महानगर

आदरणीय ललितपुर महानगरबासी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबा, सम्पूर्णमा नमस्कार , ज्वज्वलपा अहिले हामी कोरोना भाइरस (कोभिड १९) महामारीको दोस्रो लहरको सामना गरिरहेका छौं । कोभिडको यो लहर नयाँ स्वरुपमा घातक रुपमा देखा परेको छ ।कोभिडको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले अक्सिजन सहितको अत्याधुनिक दुईवटा आइसोलेसन सेन्टर संचालन गरेको छ । महानगरपालिकाको वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनसर््थापना गृहमा एचडीयू (ज्ष्नज म्भउभलमभलअथ ग्लष्त० सहितको ५० शय्याको आइसोलेसन सेन्टरबाट संक्रमितहरुले सेवा प्राप्त गरिरहनु भएको छ । त्यसैगरी वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा संचालन गरिएको एक सय १० शय्याको आइसोलेन सेन्टरमा पनि एचडीयू लगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको छ । यी आइसोलेन सेन्टरहरुमा मनोसमाजिक परामर्शको समेत व्यवस्था छ । पोषणविद्को सल्लाह अनुसार आइसोलेसन सेन्टरमा पौष्टिक र सन्तुलित खाजा र खानाको पनि नि ः शुल्क व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाले संचालन गरेका यी आइसोलेसन कोरोना संक्रमितहरुको लागि हो । संक्रमण समुदाय स्तरमा फैलिएकाले घरैपिच्छे जस्तो संक्रमित रहेको अहिलेको वास्तविकता हो । महानगरले संकलन गरेको तथ्यांक अनुसार संक्रमितमध्ये धेरै जसो ‘होम आइसोलेसन’ मा रहेका छन् । स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्यस्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो । तर, व्यवहारिक कठिनाई हुँदाहुँदै, व्यवस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम, परिवार र समुदायको लागि समेत स्वस्थकर हुँदैन । त्यसैले,ललितपुर महानगरपालिका होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई महानगरले संचालन गरेर संस्थागत आइसोलेसनमा गएर बसी स्वास्थ्य लाभ गर्न हुन अनुरोध गर्दछु । । यो महामारीविरुद्ध लड्न संस्थागत प्रयास मात्रै पर्याप्त हुँदैन । संक्रमणको फैलावट रोक्नका लागि गरिएको निषेधआज्ञालाई प्रभावकारी बनाउन आम नागरिकको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले, अत्यावश्यक काममा मात्रै घरबाट निस्कौं,घरबाहिर निस्कनै पर्ने अवस्थामा नाक,मुख राम्ररी छोपेर मास्क लगाऔं । समय, समयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गरौं । दुई व्यक्तिबीचको दुरी कायम गरौं ।यो महामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाईकर्मी र संचारकर्मी साथै सबै तह र तप्कामा रहेका व्यक्तिहरुको सक्रियता, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु । कोरोना भाइरस संक्रमणका मृत्युवरण गरेका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दछु । चिरीबाबु महर्जन प्रमुख ,ललितपुर महानगरपालिकाSee translation

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here