विश्वकै सबभन्दा ठूलो खगोल विज्ञानको सम्मेलन

श्रोत : ईन्टरनेट

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खगोल विज्ञानको सम्मेलन भएको छ।खगोल विज्ञानसम्बन्धी जानकारी लिन चाहनेहरूको यो सम्मेलन मे २४ मा सुरू भएको थियो।कम्युनिकेटिङ एस्ट्रोनोमी विथ पब्लिक (सिएपी) को नवौं कन्फरेन्स भर्चुअल गरेको हो।

कोरोनाभाइरसको महामारीलाई मध्यनजरमा राख्दै सम्मेलन पहिलो पटक भर्चुअल गरिएको हो। जसमा विश्वका ८४ देशका १२ सयभन्दा बढी सहभागी भए। त्यसमध्ये नेपालबाट मात्रै ३१ जना रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

frontline

नेपालबाट सहभागी हुनेहरू १३ वर्षदेखि ५० वर्षभन्दा माथिका छन्।

चार दिनको सम्मेलन विभिन्न समयमा भएको हो। यो सम्मेलन नेपाली समयअनुसार भोलि बिहान सकिँदैछ। यो सम्मेलन हरेक दुई वर्षमा हुन्छ।

नेपालको तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बुधबार आफ्नो प्रस्तुतीकरण दिएका थिए। उनले नेपालमा खगोल विज्ञानको पहुँचबारे प्रस्तुतीकरण दिएका थिए।

यो सम्मेलन विज्ञान र खगोल विज्ञानमा इच्छा हुने व्यक्तिहरूका लागि धेरै महत्वपूर्ण भएको अध्यक्ष भट्टराई बताउँछन्। 

‘मैले त्यहाँ हाम्रो मुख्य चुनौतीबारेमा बोलें। हाम्रो मुख्य चुनौती भनेको आज पनि मानिसहरूलाई ज्योतिष विज्ञान र खगोल विज्ञान छुट्याउन कठिन छ। नेपालका मिडियामा प्राय: ज्योतिष विज्ञानलाई नै स्थान दिइएको पाइन्छ,’ अध्यक्ष भट्टराईले प्रस्तुतीकरण उदृत गर्दै भने,’त्यसकारण खगोल विज्ञानबारे हामीले विभिन्न गतिविति तथा कार्यक्रमहरू आयोजना गरेर मानिसहरूलाई जानकारी दिइरहेका छौं भन्ने कुरा गरें।’

यसमा भएका प्रस्तुतीकरण पछि CAP2021 Virtual नामक युट्युब च्यानलमा राखिनेछ। 

प्रतिक्रिया दिनुहोस्

poster-here