कोरोनाले सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन
काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो।
कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।
प्रतिक्रिया दिनुहोस्