एमबाप्पेको दुई गोलमा रियल मड्रिड शीर्ष स्थानमा

३ चैत, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भियारियललाई २-१ ले पराजित गरेको छ ।
एक गोलले पछि परेको अवस्थामा एमबाप्पेले दुई गोल गर्दै रियलला२ पुनारगमन जित सहित अंकतालिकाको शीर्ष स्थानमा पुर्याएका छन् ।




तीनै गोल पहिलो २५ मिनेट भित्र भएको थियो ।
घरेलु मैदान जुवान फोएथले सातौं मिनेटमै गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । एमबाप्पेले १७औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए ।
त्यसको ६ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै रियलला२ २-१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भए ।
जितपछि रियलले २८ खेलबाट ६० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । रियलले बार्सिलोनामाथि ३ अंकको स्पष्ट अग्रता बनाएको छ । तर बार्सिलोनाले दुई खेल कम खेलेको छ । २७ खेल खेलेको एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा छ ।
बार्सिलोनाले सोमबार एट्लेटिकोसँग प्रतिस्पर्धा गर्नेछ र शीर्ष स्थानमा फर्कने अवसर छ ।
प्रतिक्रिया दिनुहोस्