मालीका राष्ट्रपतिद्धारा हिरासतबाटै राजीनामा

फ्रन्टलाइन विश्व परिवेश । मालीका अन्तरिम राष्ट्रपति बाह एनडावले हिरासतबाटै राजीनामा दिएका छन्। त्यहाँको सेनाले उनी र प्रधानमन्त्रीलाई यसै साता गिरफ्तार गरेको थियो। राष्ट्रपतिले यस्तो समयमा राजीनामा दिए, जतिखेर अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरु मालीको सेनासँग राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य अधिकारीलाई हिरासतबाट मुक्त गर्न आग्रह गरिरहेका थिए। राष्ट्रपतिले आफ्नो राजीनामा पूर्वसैन्य शासक तथा अन्तरिम उपराष्ट्रपति कर्नेल आसिमी गोइतालाई बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

poster-here