अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले बजारमा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गाँउपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशाकीय अधिकृतहरु पुरण गुरुङ र कमल प्रसाद गौतम, इञ्जिनियरहरु नविन थापा, सुदिप आचार्य र सूर्यप्रसाद पौडेलविरुद्ध भ्रष्टाचारमद्दा दायर गरेको हो ।
अख्तियारले उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसी अनि अर्को उपभोक्ता समूहका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी वि.क.अनि कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
गाँउापलिकाका अध्यक्ष अर्यालमाथि ३५ लाख ३९ हजार विगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक विगो मागदावी छ ।
आर्थिक वर्ष २०७५/७६ को योजना कार्यान्वयनका क्रममा गुणस्तरहिन काम भएको भन्दै अख्तियारले आर्थिक वर्ष २०७५/७६ मा २७ लाख र आर्थिक वर्ष २०७६/७७ मा ८ लाख ३४ हजार नोक्सान भएको दावी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्