रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

 कास्की प्रहरीको हिरासत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् ।

भुसाललाई आइतबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । अपराध अनुसन्धान कार्यालय प्रमुख भट्टराईका अनुसार थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाइँदै छ ।

frontline

भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको स्वीकारिसकेका छन् । गएको शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेका बेला प्रहरीको सीसीटीभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका छन् ।

लामिछाने पक्राउ परेदेखि कास्की प्रहरीले कार्यालयमा कुनै पनि प्रयोजनका लागि आउने सेवाग्राहीलाई मोबाइल लैजान रोक लगाएको बताइएपनि भुसालले प्रहरीको गेटभित्रै रहेको सिसिटीभीमा लामिछाने सुतेको देख्नासाथ फोटो खिचेको बताइएको छ ।
मोबाइलबाट खिचेको फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपा कार्यकर्ताले भाइरल बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here