उषा हेल्थ सर्भिस एट होमले नेपालमा सुरुवात गरे ‘ईन्ड अफ लाइफ केयर’- संचालक; अमित यादव

मेवालाल यादव

frontline

‘ईन्ड अफ लाइफ केयर’ अर्थात् `प्यालिटिभ केयर´(हेरचाह) भन्नाले जीवनको अन्तिम समयमा दिइने केयर हो । कतिपय `दीर्घरोग´ लागेका वृद्धवृद्धा बिरामीको सम्पूर्ण उपचार सम्भव हुँदैन । उहाँहरूलाई लामो समयसम्म जीवन बचाउन पनि सकिँदैन । यस सन्दर्भमा बिरामीलाई सजिलो पार्नका निम्ति, उहाँहरूको दुखाइ कम गर्नका निम्ति, रोगको लक्षण्लाई कम गर्न तथा निर्मुल पार्नको निम्ति तथा दैनिकी कार्य र खानपिनलाई व्यवस्थित तुल्याउनका लागि यो सेवा दिने गरिन्छ । (यो अवस्थालाई मृत्यु भन्दा पुर्वको हेरविचार भनेर पनि बुझ्न सकिन्छ।)

‘इन्ड अफ लाइफ केयर’ अर्थात् सेवा र उपचार निम्न रोगहरूको लागि दिइने गरिन्छ :

१. क्यान्सर रोग,

२. फोक्सोको रोग,

३. मुटुसम्बन्धी रोग,

४. मस्तिष्कसम्बन्धी रोग (बिर्सिने; स्मरण कम हुने रोग),

५. मिर्गौलासम्बन्धी रोग,

६. मस्तिष्कमा पक्षघात हुने, हात खुट्टा नचल्ने रोग(प्यारालाईसिस)

७. अन्य प्राण घातक र दीर्घरोग आदि

`ईन्ड अफ लाइफ केयर’ अर्थात ‘प्यालिटिभ केयर’ विभिन्न अस्पताल, स्वास्थ्य संस्था, डाक्टर, नर्स, पारामेडिक्स,  स्वंयसेवक / सेविका अथवा व्यक्तिले दिन सक्नुहुन्छ । यदि तपाईंको परिवारमा अथवा चिनजान, आफन्तमा कसैलाई निरन्तर स्वास्थ्य सेवा चाहिन्छ भने उषा हेल्थ केयर सर्भिस एट होम संग सम्पर्क गर्नुहोला । 9823814595 , 9741662272  वा हाम्रो फेसबुक पेज, ईन्स्टाग्राम, ट्विटर, व्हाट्सअप मा सम्पर्क गर्नुहोला।

‘इन्ड अफ लाइफ केयर´ / `प्यालिटिभ केयर’ प्रशिक्षित चिकित्सक तथा नर्सद्वारा दिइनु उचित हो । सेवा दिने व्यक्तिले बिरामीप्रति सेवा भाव र बिरामीको परिवारप्रति सम्मान हुनुपर्छ । सेवा दिने व्यक्तिले बिरामीलाई प्रशस्त समय दिनुपर्छ र बिरामीको समस्या बुझ्न सक्नुपर्छ । र त्यसको समाधान गर्नुपर्छ । र परिवारका सदस्यहरूले पनि स्वास्थ्य सेवकलाई राम्रो बोली वचन र व्यवहार गर्नुपर्छ ।

बिरामीलाई सकारात्मक दिशातर्फ लैजानुपर्छ । बिरामीको पारिवारिक र सांस्कृतिक मान्यतालाई पनि ठेस लाग्न दिनुहुँदैन । समग्रमा भन्दा बिरामीको जीवनस्तरलाई सकेसम्म सामान्य र गुणस्तर बनाउने प्रयास गर्नुपर्छ ।

साधारणतया ‘इन्ड अफ लाइफ केयर’ खोज्ने बिरामीहरूमा निम्न समस्या हुन सक्छ:

१. दुखाइ (मांसपेसी हाडजोर्नी अंगहरूको दुखाइ),

२. घाउहरू (सुक्खा अथवा रगत पिप बग्ने घाउ, दैनिक घाउ सफा गर्नुपर्ने, मलमपट्टी गर्नुपर्ने),

३. छाला चिलाउने, पिठ्युँमा निस्केको ‘बेड सोर’ दैनिक सफा गर्नुपर्छ,

४. खानानली र पाँचनसँग सम्बन्धित, खानानलीमा पाइप राख्नुपर्ने, पाइपबाट झोल खानेकुरा नापेर समय समयमा खुवाउनुपर्छ ।

५. ज्वरो, आँखामा पानीपट्टी गर्ने, औषधि बेला–बेला दिने ।

६. पिसाबको पाइप राख्नुपर्ने हुन्छ ।

७. अप्रेसन भएको ठाउँको ड्रेसिङ गर्ने ।

८. हिँड्न नसक्ने बिरामीलाई खुट्टा टेक्न मद्दत गर्ने वा ह्विल चेयरमा राख्न मद्दत गर्ने ।


   ९. फिजियोथेरापी गराउने ।

बिरामीको सेवा जीवनको उत्तराद्र्धमा विभिन्न आयामहरूमा विभाजित छ । सबै बिरामीलाई सबैथोक चाहिँदैन । एउटा बिरामीको स्वास्थ्य आवश्यकता र अश्हाय बिरामीभन्दा फरक हुन सक्छ । अन्ततः एक अर्कालाई निःस्वार्थ सेवा गर्नु नै हाम्रो मानवीय धर्म हो, कर्तव्य पनि हो ।

बिरामी पक्षले पनि के बुझ्नु जरुरी छ कि चिकित्सक भनेको भगवान् होइन । ऊ केवल एउटा प्रशिक्षित स्वास्थ्य सेवाप्रदायक व्यक्ति हो । उहाँले केवल उपचार गर्न सक्छ । भगवान् जस्तै चमत्कार गर्न सक्षम छैन । बिरामी स्वयंले पनि बुझनु जरुरी छ कि जीवन सीमित वर्षका लागि मात्र हुन्छ । कुनै पनि व्यक्ति अमर, अजेय छैन ।  धन्यवाद🙏
  अमित यादव (संस्था संचालक)
उषा हेल्थ केयर सर्भिस एट होम
काठमाडौ-17, क्षेत्रपाटी
+977 9823814595 , +977 9741662272

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here