कीर्तिपुरमा धमाधम उम्मेदवारी दर्ता हुँदै (तस्वीरहरु)
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।
नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् । मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको राजधानी उपत्यकाको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनमा धेरैको चासो छ ।

प्रतिक्रिया दिनुहोस्