आजदेखि काठमाडौंमा प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आज (शुक्रबार)बाट भने काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको रास्वपाले जनाएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो ।

frontline

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here