सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलको आरोप

विपक्षी दलले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने धारणा राखेका थिए ।  यस्तै विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बनेको समेत साहले बताए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here