सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुबा घाइते

मलंगवा : सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका-५ हरिपूर्वाका धिरेन्द्र रायले आज बिहान आफ्नै श्रीमती २३ वर्षीया चित्ररेखा यादवलाई गोली हानी हत्या गरेका हुन्।

साढे १ बजेतिर सुतिरहेको अवस्थामा रायले श्रीमती चित्ररेखालाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। चित्ररेखाको घटनास्थलमै मृत्यु भएको  छ।

frontline

चित्ररेखाको दाहिने कन्चटमा गोली हानी राय फरार भएको उनको भनाई छ। पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

रायले आफ्नो बुबा दिनेश यादवलाई पनि गोली प्रहार गरेका छन्। दिनेशको बाँया हातको गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गोली प्रहार भएपछि घटनास्थलमा दौडिएर पुगेका बुबामाथि पनि रायले गोली प्रहार गरी भागेका छन्।

वैदेशिक रोजगारीबाट एक महिना पहिले घर आएका यादवले आएदेखि नै घरको सबैलाई मार्छु भनि भन्दै हिँड्ने गरेका थिए। यादव राती केही व्यक्तिको समूहमा मोटरसाइकलमा आएर गोली हानी फेरि फरार भएको प्रहरीले जनाएको छ। 

गोली प्रहार गर्ने यादव र उनीसँगै आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ। घटनाको अनुसन्धान सुक्ष्म तरिकाले भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here